चाडपर्व सुरक्षा कार्ययोजना: काठमाडौंमा ३ हजार ७ सय प्रहरी खटिने
काठमाडाैं | असोज ११, २०८१
काठमाडौं: काठमाडौं प्रहरीले ‘नागरिक स्वयम्को सावधानी, प्रहरीको निरन्तर निगरानी, बनाऔँ सुरक्षित राजधानी’ नारासमेत अघि सारेको छ ।
यसका लागि जिल्ला प्रहरी परिसर काठमाडौँले आउँदा चाडपर्वमा शान्ति सुरक्षालाई सुदृढ तुल्याइ जनजीवनलाई सहज र सरल बनाउन विशेष सुरक्षा योजना अघि सारेको छ ।
सुरक्षा व्यवस्था अझ राम्रो बनाउन काठमाडौंलाई विभिन्न १४ इलाकामा विभाजन गरेर प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रत्येक युनिटमा १०÷१० जनाको टोली बनाइ परिचालित गरिने काठमाडौँ प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो ।
परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले दसैँ, तिहार, छठलगायत चाडपर्वका लागि काठमाडौँ जिल्लाभित्र कुल तीन हजार सात सय ६५ जनशक्ति परिचालन गरी विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रहरी नायब उपरीक्षक रजौरेले जानकारी दिनुभयो ।
घटनास्थलमा १० मिनेटभित्र पुग्ने गरी ‘इलेक्ट्रोनिक क्विक रेस्पोन्स टिम’ (इ–क्युआरटी), सिआरभी र मोबाइल टोलीलाई तयारी अवस्थामा राखिएको छ ।
घटनास्थलको तस्वीर तथा श्रव्यदृश्य लिन ‘गोप्रो क्यामेरा’, तैनाथीको अवस्था बुझ्न जिपिए र तत्काल रेस्पोन्सका लागि आवश्यक सामग्रीसहित इक्युआरटी टिमलाई परिचालित गरिएको छ । घटनास्थलमा थप प्रतिकार्यका लागि बढीमा ३० मिनेटभित्र यथेष्ठ प्रहरी तैनाथी हुने व्यवस्था मिलाइएको छ ।
प्रहरीले अपराध हुनसक्ने सम्भावित क्षेत्रमा पैदल, सवारी र ड्रोनमार्फत गस्ती गर्नेछ । प्रहरीले स्थानीय बासिन्दाका खाली घर, आर्थिक कारोबार हुनसक्ने स्थान, सरकारी कार्यालय, भीडभाड हुने स्थान, गरगहना पसल, बसका टिकट काउन्टर, धार्मिकस्थल, बसपार्कलगायतलाई सुरक्षा क्षेत्रका रुपमा पहिचान गरेको छ ।
सम्भावित क्षेत्रमा सूचना सङ्कलनका लागि सादा पोसाकमा ३८ टोली परिचालित हुनेछन् । ‘सिल एण्ड सर्च’का लागि २८ तथा ‘एम्बुसिङ’ र निगरानीका लागि २२ टोली परिचालित गर्ने काठमाडौँ प्रहरीको तयारी छ ।
काठमाडौं भित्रने नाकामा प्रत्येक दिन कुकुरमार्फत उच्च निगरानी गरिने, विभिन्न ३५ स्थानमा सुरक्षा व्यवस्थासम्बन्धी चेतना फैलाउन पर्चा वितरण गर्ने, काठमाडौंका प्रमुख १२ स्थानका टिकट काउन्टरमा सहायता कक्ष सञ्चालन गरी सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन विविध कार्यक्रम गरिनेछ ।
बैंक तथा वित्तीय संस्थामा चोरी लुटपाट हुनसक्ने, सामान किनबेच हुने स्थानमा अत्यधिक भीडभाड भई किनबेच कार्यमा असुविधा तथा पसलहरुमा चोरी तथा लुटपाट हुन सक्नेतर्फ ध्यान दिँदै प्रहरीले निगरानी गर्नेछ । एटिएम बुथ तोडफोड गरी चोरी हुनसक्ने हुँदा सो क्षेत्रतर्फ गस्ती गरी सुरक्षा व्यवस्था मिलाइने प्रहरी नायब उपरीक्षक रजौरेले बताउनुभयो ।
चाडपर्वमा लुटपाट तथा कुटपिट, चोरी, डकैती, सवारी दुर्घटना, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, मदिरा सेवन गरी झै–झगडा, ट्राफिक नियमको उल्लङ्घन, आगजनी तथा विस्फोटन, महँगो भाडा असुलीलगायत आपराधिक गतिविधि हुनसक्ने भएकाले उच्च निगरानी राखिएको प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले जानकारी दिनुभयो ।
काठमाडौंलाई सुरक्षित सहर बनाउन आमनागरिकको सावधानी आवश्यक रहेको भन्दै उहाँले काठमाडौंलाई सुरक्षित बनाउन प्रहरीले कुनै कसर नराखिने स्पष्ट पार्नुभयो
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...
मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशान...

